फेकोफन पोखरा १९ को अध्यक्षमा अधिकारी

पाेखरा | माघ २६, २०८०

फेकोफन पोखरा १९ को अध्यक्षमा अधिकारी

पोखरा:    वन समुहको छाता संगठन सामुदायिक वन उपभोक्ता महासंघ पोखरा १९ को भेलाले डोलराज अधिकारीको अध्यक्षतामा ११ सदस्यीय वडा समिति चयन गरेको छ ।


सो समितिको उपाध्यक्ष पिताम्वर पौडेल, सचिव कविता आचार्य, कोषाध्यक्ष दुर्गा लम्साल आचार्य र सदस्यहरुमा गंगाबहादुर केसी, प्रोणराज बास्तोला,शिव पौडेल,मैया सुनार,सूर्यकला अधिकारी,मुकुन्द गौतम र भगवती बास्तोला रहनु भएको छ ।


पोखरा महानगरपालिका वडा नं. १९ का वडाअध्यक्ष पुष्पेन्द्र पाण्डेले भेलाको उद्घाटन गर्दै वन क्षेत्रलाई उत्पादनसंग जोड्नुको विकल्प नभएको बताउनुभयो ।


जंगलको विस्तारसंगै बाँदर लगायतका बन्यजन्तुले कृषकलाई गाउँमा वस्नै नसक्ने स्थिती सिर्जना भएकोमा चिन्ता व्यक्त गर्दै  उहाँले यसको नियन्त्रणमा तीनै तहका सरकार जिम्मेवार भएर लाग्नुपर्नेमा जोड दिनुभयो ।


डाँडाको टुप्पोबाट रुखमा चढेको बाँदर भुईमा नझरि रुखैरुख घरको छानोमा आउने गरि जंगलको विकास हुँदा स्थानीय वासिन्दाको दैनिकी कष्टकर बनेको उल्लेख गर्दै वडा अध्यक्ष पाण्डेले भन्नुभयो, वन पैदावारमा आधारित उद्यम सञ्चालन गर्नुपर्ने अपरिहार्य भएको छ ।


वन क्षेत्र जोगाउने गरि हाँगा काट्ने व्यवस्था गर्नुपर्नेमा जोड दिंदै उहाँले थप्नुभयो कानूनी प्रकृया मिलाएर मात्र वन व्यवस्थापन गर्नु स्थानीय वासिन्दालाई आग्रह गर्नुभयो ।


सामुदायिक वन उपभोक्ता महासंघ नेपालका केन्द्रीय सदस्य हरि बास्तोलाले दाउरालाई काठमा परिणत गर्ने खालको प्रविधि भित्र्याउन सम्वन्धित निकायको ध्यान जानुपर्ने आवश्यकता औल्याउनुभयो ।


मुलुकको वन क्षेत्रमा मुल्यवान काठ कुहिएर खेर जाने र विदेशी काठ, आलमुनियम, युपिभिसी जस्ता वस्तु आयात हुँदा बार्षिक खरवौ रुपैया विदेशीने अवस्थाको अन्त्य गर्दै हरित रोजगार सिर्जना गर्न गर्नका लागि सातै प्रदेशमा कम्पोजिट प्लाण्ट स्थापना गर्नुपर्नेमा उहाँको जोड थियो । 


सामुदायिक वन उपभोक्ता महासंघ नेपाल कास्कीका अध्यक्ष विश्वनाथ लामिछानेले सरकारी तवरबाट समुहले कहा गल्ती गर्दछन् भनेर चियाउनु भन्दा उपभोक्तालाई अधिकारका सम्वन्धमा सचेत गराउनेतर्पm लाग्नुपर्ने आवश्यकता औल्याउनुभयो ।


वन ऐन, विधेयक तथा कार्ययोजनाका आधारमा वनमा व्यवस्थापन गर्नु समुह सचेत हुनु पर्नेमा जोड दिंदंै उहाँले सानो कमजोरीमा उपभोक्तालाई दुःख नदिन सम्वन्धित निकायको ध्यानाकर्षण गराउनुभयो ।


महासंघ अध्यक्ष कमल भुजेलको अध्यक्षतामा भएको कार्यक्रममा वन महासंघ गण्डकी प्रदेश सदस्य जित बहादुर बस्नेत, महानगर महासंघ उपाध्यक्ष भरतराज आचार्य, जमुना सुवेदी लगाएतले वनको महत्व र उपयोगका बारेमा चर्चा गर्नुभएको थियो ।


भेलामा बाँदर आतंकको अन्त्य हुनुपर्ने, वन पैदावार सहजरुपमा उपयोग गर्ने नितीको खाँचो, वनको सम्पूर्ण अधिकार स्थानीय तहलाई दिनुपर्नेमा सहभागिको जोड थियो । वडाका २१ वटा सामुदायिक वन समुहका ६० जना उपभोक्ताको सहभागिता रहेको थियो ।
 
 
 

काठमाडौं:   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो  सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...

थप पढ्नुहोस्

चितवन:  जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।  उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...

थप पढ्नुहोस्

काठमाडौं:   नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

थप पढ्नुहोस्